काठमाडौ । तपाई बिपन्नमा पर्नुहुन्छ ? वा तपाईको छिमेकी, आफन्त विपन्न हुनुहुन्छ ? रकम अभावमा उपचार हुन सकेको छैन । भने अब राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालबाट नि:शुल्क उपचार गर्न गराउन पाउनुहुनेछ ।

त्यहाँ गरिब तथा विपन्न नागरिकहरुका लागि आकस्मिक उपचार सेवा नि:शुल्क कार्यक्रम सुरु भएको छ । सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा यो सेवा उपलब्ध थियो । अब कान्ति बाल अस्पतालमापनि थपिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले सरकारको नीति तथा कार्यक्रममा सम्बोधित गरिब तथा विपन्न नागरिकका लागि आकस्मिक उपचार निशुल्क कार्यक्रम कार्यान्वयन गरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालमा गरिव तथा बिपन्नको प्रारम्भिक चरणको आकस्मिक उपचार गर्दा अब पैसा पर्दैन ।

अबदेखि गरिब तथा विपन्न नागरिकको आकस्मिक उपचार निःशुल्क

कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७–७८ देखि लागू हुने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको थियो ।

सरकारले आकस्मिक उपचार निशुल्क कार्यक्रम वीर अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पतालमा सुरु हुन बाँकी छ ।

ग्रामिण दुरदराजमा अहिलेपनि नागरिक पैसा अभावमा रोग पालेर बसिरहेका छन् । उपचार गर्न पाएका छैनन् । यो जानकारी उनीहरुसम्म पुग्नेगरी सेयर गरिदिनुहोला । तपाई जसले थाहा पाउँनुभयो । इन्टरनेटको पहुँच नभएका नागरिकलाईपनि यो जानकारी गराईदिनुहोला ।

सम्बन्धित खबरहरु