काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले विद्यार्थीहरुका लागि अत्यन्तै जरुरी अपिल गरेको छ । त्रिविले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुसँग महत्वपूर्ण अपिल गरेको हो ।

महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारणले शिक्षा क्षेत्रको शैक्षिक कार्यक्रम समेतलाई नकारात्मक असर पर्दा त्रिभुवन विश्वविद्यालयको शैक्षिक सत्र समेत प्रभावित हुन सक्ने सम्भावना रहेको वर्तमान अवस्था विश्व विद्यालयले समयमै गर्नुपर्ने दैनिक प्रशासनिक कार्य बजेट निर्माण तथा कार्यान्वयन र परीक्षा प्रणालीमा समेत गम्भीर असर पर्न गएको छ । यसका साथै विश्वविद्यालयले आश्विन १६ गते बजेट अधिवेशनको मिति निश्चित गरिसकेको अवस्था पनि छ ।

यस परिस्थितिमा विगत केही समयदेखि नेपाल विद्यार्थी संघका त्रिभुवन विश्वविद्यालय समिति र अन्य पेशागत संघ तथा परिचालक संगठनहरुले विभिन्न मागहरु राखी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा गरिएको आन्दोलनका कार्यक्रमहरुले विश्वविद्यालयको काम कारबाईमा असर परिरहेको छ । यस परिस्थितिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्दछ भन्ने कुरामा विश्वविद्यालय दृढ संकल्पित रहेको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले राखेका मागहरूलाई समयमै सम्बोधन गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको हुँदा हाल सञ्चालित आन्दोलनका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादका माध्यमबाट लाई समस्या समाधान गर्न आवश्यक समयका लागि नेपाल विद्यार्थी संघ लगायत सम्बन्धित सबैमा विश्वविद्यालय आर्थिक अनुरोध गर्दछ ।

सम्बन्धित खबरहरु