काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कम्युनिष्ट नेत्री सहाना प्रधानप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । नेत्री प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा आज सन्देश जारी गर्दै पौडेलले प्रजातान्त्रिक आन्दोलन र महिला मुक्तिको आन्दोलनमा प्रधानले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

‘नेपालको लोकतन्त्र प्राप्तिका हरेक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएकी तथा विभेदकारी सामाजिक परम्परा र पितृसत्तात्मक सोचले पछाडि पारिएका महिलाहरुको मुक्तिका लागि सशक्त र परिणममुखी आन्दोलनको नेतृत्व गर्नुभएकी सङ्घर्षशील व्यक्तित्व आदरणीय सहाना प्रधानको छैटौँ स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ’, मुख्यमन्त्री पौडेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

सम्बन्धित खबरहरु