काठमाडौं । भक्तपुर मध्यपुर ठिमी नगरपालिका-८ बोडेबाट रोल्पा घर भई ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँगाथली बस्ने ५० वर्षीय पुरुषको नगद ९ लाख ८० हजार रुपैयाँ सोमबार दिउँसो ठगी भएको छ ।

ती पुरुषलाई हाल नाम, थर, वतन नखुलेका अपरिचित ब्यक्तिले मोबाइलबाट फोन गरी डलर साट्न भनि बोलाई रुमालभित्र कागजको गड्डी (बण्डल) बनाई उनीसँग रहेको उक्त रकम ठगी गरी फरार भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका-२६ सिताकुमारी मार्ग डेरा गरी बस्ने मकवानपुर क्षतिवन गाउँपालिका-२ घर भएकी २९ वर्षीया सरस्वती गौतमको कोठाबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा नगद २० हजार रुपैयाँ र करिब २ तोलाको सुनको मंगलसुत्र समेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु