काठमाडौ । अहिले विश्वभरीका हिन्दुहरुको ध्यान नेपालको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. ४ तर्फ छ । यहाँ विश्वभरीकै हिन्दुहरुले विशेष मान्ने माता महाकालीको जीवित अवशेष फेला परेको दावी गरिएको छ । महाकालीको पैताला यहाँ भेटिएको र उत्खनन गर्दा साक्षत मुर्तीपनि फेला परेको दावी गरिएको छ । अझ रोचक कुरा त के छ भने माता महाकाली जीवित आत्मामा प्रवेश गरेर सिन्धु कालीको रुपमा माता महाकाली उक्त स्थानमा रहेको वाणी आएको थियो ।

 

उहाँले जे–जे भन्नुभएको थियो । पृथ्वी खन्दा त्यही नै भएकाले उहाँलाई साक्षत जीवित महाकालीको रुपमा भक्तजनहरुले हेर्न गरेका छन् । अझ महत्वपूर्ण कुरा के छ भने महाकाली भेटिएको स्थान विश्वकै पौराणीक धार्मिक स्थल हो । त्यहाँ काठमाडौका चार नारायणकापनि शीरको रुपमा नारायण मन्दिर रहेको छ ।

 

दुई सय बर्षभन्दा पुरानो तर कहिलेको भन्ने एकिन नभएपनि लिच्छवी कालपूर्व कै पौराणिक नारायण मन्दिर रहेको दावी पुरातत्व विभागको रहेको छ । त्यही मन्दिर परिसरमा साक्षत महाकालीको उत्पती भएको छ । बाँकी भिडियोमा हेर्नुहोला । Click Watch Video 

https://www.youtube.com/watch?v=g_TNk-w5yAk

 

सम्बन्धित खबरहरु