काठमाडौं । आज दिनभरी सामाजिक सञ्जालमा वीर अस्पतालमा मृत्यु भएका एक कैदी बन्दीको लाशबारे निकै चर्चा भइरहेको छ । भिडियोलाई लिएर सामाजिक सञ्जालमा विवादास्पद कुरा आएपछि अस्पतालले विज्ञप्ति निकाल्दै उक्त घटनाबारे तथ्य सार्वजनिक गरेको छ ।

 

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले लाशलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा देखिने परिवर्तनलाई गलत प्रचारवाजी गरेको स्पष्ट पारेका छन् । उनले यसो नगर्न सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् ।

 

 

रुपन्देहीका ६३ वर्षीय कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएपछि उनको ज्यान लिइएको भन्दै मृतककी छोरी लगायत आफन्तले अस्पतालमा पुगेर विरोध जनाएपछि अस्पतालमा भीड लागेको थियो ।

 

चिकित्सकले भने ती कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको र केही दिर्घरोग समेत रहेको बताएका छन् । साथै निजको आँखा झिकेको, घाँटी का–टि–एको जस्ता कुरालाई अफवाह भन्दै अस्पतालले कोरोना त्रासले गर्दा लाश परीक्षण र अन्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रामक समाचार सम्प्रेषण भएकोमा अस्पतालले आपत्ति जनाएको छ । विज्ञप्ति यस्तो छ ।

 

सम्बन्धित खबरहरु