काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) का कारण धेरैले रोजगार गुमाएका छन् । महामारीको प्रभाव सञ्चार क्षेत्रमा पनि पुगेको छ । देशका धेरै ठुला सञ्चारमाध्यमहरुले पत्रकारहरुलाई कामबाट निकालेका छन् । कतिपयले बेतलबी बिदामा पठाएका छन् ।

सञ्चारक्षेत्रका कम्तिमा १० प्रतिशत पत्रकारको जागिर गएको जनाइएको छ । यस विषयमा पूर्व सञ्चारमन्त्री गोकुल वास्कोटाले एक बयान जारी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो विचार राखेका छन् । उनले लेखेका छन, ‘श्रमजीवी पत्रकारले नियुक्तिपत्र र न्युनतम पारिश्रमिक अनिवार्य गर्नुपर्छ भन्दा कानमा बतास लागेन । अहिले अनसन थालेछन मेरो समर्थन छ ।

मिडिया मालिकले संस्था वा सम्पत्ति धितो राखेर सहुलियत ऋण लिने व्यवस्था मिलाए भैगा नि ।’ भन्दै अत्यन्तै हल्का लिएका छन् । उनले आफु मन्त्रालय हुँदा गरेको कामलाई समर्थन नगर्ने पत्रकारहरु खुच्चिङ भन्ने प्रकारले पत्रकारलाई नै मजाक बनाए जस्तो तरिकाले पोष्ट गरेका छन् । उनको त्यो पोष्टमा सञ्चारकर्मीहरुले गुनासो सहितका प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खबरहरु