काठमाडौ । यूएईमा जारी आईपीएलको १३ औ सीजनको चौथो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । चेन्नई सुपरकिंग्स राजस्थान रोयल्ससँग मात्र १६ रनले पराजित भयो । राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सका सामु ११७ रनको विशाल लक्ष्य दिएको थियो ।

शारजाहमा भएको खेलमा चेन्नई सुपरकिंग्सले निर्धारित २० ओभरमा ६ विकेट खर्चिएर मात्र २ सय रन बनाउँन सक्यो । आवश्यक १६ रन जोड्न नसक्दा चेन्नई सुपरकिंग्स पराजित भयो । १३ औ सीजनको टूर्नामेण्टमा राजस्थान रोयल्सले दिएको लक्ष्य सबैभन्दा ठूलो स्कोर हो ।

एक मात्र खेल खेलको राजस्थान रोयल्स रन रेटका आधारमा शीर्ष स्थानमा छ । दुई खेल खेलेको चेन्नई सुपरकिंग्स एउटामा जित र एउटामा हार ब्यहोरेर चौथो स्थानमा छ ।

सम्बन्धित खबरहरु