काठमाडौं । बलिउड अभिनेत्री पूनम पाण्डेका श्रीमान साम बम्बईलाई गोवाबाट पक्राउ गरिएको छ । पूनमले आफ्नो पति विरुद्ध कु–ट–पि–ट र ध–म्की दिएको आरोपमा उजुरी दिएकी छिन् । भर्खर पूनम मण्डेयाले सामसँग विवाह गरेकी थिइन् । उनीहरुको तस्वीर सामाजिक सञ्जालमा साझा गरिएको थियो ।

प्रहरीले भने अनुसार यो घटना दक्षिण गोवाको क्यानाकोना गाउँमा भएको हो जहाँ पाण्डे एक फिल्मको शूटिङ गर्दै थिइन् । क्यानाकोना प्रहरी चौकीका इन्स्पेक्टर तुकाराम चव्हाणले भने, ‘पाण्डेले सोमबार राती उनका पति साम बम्बईले कु–ट–पि–ट गरेको र गम्भीर परिणाम भोग्ने चेतावनी दिएको उजुरी गरेकी छिन् । उनलाई पक्राउ गरिएको छ ।’ उनले पीडितको मेडिकल जाँच गरीएको पनि जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु