काठमाडौं । मंगलबार (आज) अबेर राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । आज करीब १० बजे राति भारतमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

 

 

त्यहाँको जम्मू कश्मीर राज्यको श्रीनगरमा भूकम्पको धक्का महसुस गरिएको हो । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार भुकम्प ३.६ रेक्टर स्केल परिमाणको थियो । भूकम्पको धक्कापछि डराएका सर्वसाधारणको रातिमा पनि भागाभाग भएको थियो ।

सम्बन्धित खबरहरु