काठमाडौं । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या दुई लाख पार गरेको छ । जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा ६८ लाख भन्दा बढी संक्रमित भएका छन् । अमेरिकामा विश्वमा सबैभन्दा बढी संक्रमित छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृतकको संख्या दुई लाख भन्दा माथि पुगेसँगै यसलाई डरलाग्दो आंकडा बताएका छन् । तर उनले यो पनि दावी गरे कि उनको कदमका कारण मृतकहरुको संख्या कम रहेको छ । उनको अर्थ यो हो कि यदी उनले सही कदम नचालेको भए अमेरिकामा थप व्यक्तिहरुको कोरोना महामारीका कारण ज्यान जान सक्थ्यो ।

मार्चमा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘यदि अमेरिकामा मर्नेहरूको संख्या एकदेखि दुई लाखसम्म रह्यो भने देशले कोरोना रोकथाम गर्न राम्रो काम गरेको छ ।’ गत महिना, जब अमेरिकामा केही थोरै संख्यामा नयाँ संक्रमितहरु थिए, तब ट्रम्पले भनेका थिए कि यो संख्या केही दिनमा शून्यको नजीक हुनेछ ।

तर हालसालै, उत्तर डकोटा र युटालगायत धेरै राज्यहरूमा संक्रमण बढेको छ । अमेरिकामा कोरोनाको पहिलो संक्रमण जनवरीमा फेला परेको थियो ।

सम्बन्धित खबरहरु