काठमाडौं । विश्वभर महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर नयाँ खुलासा भएको छ । पछिल्लो अध्ययनबाट डेङ्गू र कोभिड–१९ लाई जोडेर नयाँ रहस्य खुल्न आएको हो । ब्राजिलमा कोरोना भाइरस प्रकोपको विश्लेषण गर्ने नयाँ अध्ययनले भाइरसको संक्रमण र डेङ्गु ज्वरोको अघिल्लो प्रकोपबीचको सम्बन्ध भेट्टाएको छ ।

लामखुट्टेबाट सर्ने रोगले कोभिड–१९ को बिरूद्ध केही रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्न सक्छ । ड्यूक विश्वविद्यालयका प्राध्यापक मिगुएल निकोलासको नेतृत्वमा गरिएको यो अध्ययन अझसम्म प्रकाशित भने भएको छैन । यस अनुसन्धानले कोरोना भाइरसको भौगोलिक वितरणलाई सन् २०१९–२० मा डेङ्गूको संक्रमणसँग तुलना गरेको छ ।

अध्ययनले के पत्ता लगायो ?
प्राध्यापक निकोलेलिसले पत्ता लगाए कि कोरोना भाइरस संक्रमणको दर कम छ वा बिस्तारै फैलिरहेको छ, यी ठाउँहरू थिए जहाँ यस वर्ष वा गत वर्ष डेङ्गूले भयानक रूप लिएको थियो । यस अनौठो खोजीले एक सम्भावनालाई जन्म दियो जसले संकेत गर्दछ कि डेङ्गुको फ्ल्याभाइरस सेरोटाइप र सार्स–कोभ–२ बिचको प्रतिरोधात्मक क्रस९प्रतिक्रिया देखिएको छ । यदि यी खोजहरू सत्य हुन् भने, यस परिकल्पनाको अर्थ डेङ्गु संक्रमण वा एक प्रभावी र सुरक्षित डेङ्गू खोपले केही हदसम्म ‘कोरोना भाइरस बिरूद्ध संरक्षण’ प्रदान गर्न सक्छ ।

डेङ्गू र कोभिड–१९ भाइरस बीचको सम्बन्ध ?
निकोलिसले प्रतिवेदनमा उल्लेख गरे कि परिणामहरू विशेष गरी चाखलाग्दो छ किनकि अघिल्लो अध्ययनले देखाएको थियो कि उनीहरूको रगतमा रहेको डेङ्गू एन्टिबडी भएका व्यक्तिहरू कोभिड–१९ एन्टिबडी टेस्टमा पनि सकारात्मक हुन सक्छन् ।

त्यसरी कोरोना रिर्पोट सकरात्मक भएका व्यक्तिहरु कहिल्यै पनि कोरोना संक्रमित नभएका व्यक्तिहरु रहेका थिए । यसले संकेत गर्दछ कि त्यहाँ दुई भाइरस बीचमा एक प्रतिरोधात्मक क्रिया रहेको छ । यसलाई कसैले अपेक्षित गरेनन्, किनकि दुवै भाईरसहरू बिभिन्न परिवारबाट आएका हुन् । निकोलिसले यो पनि भने कि यस विषयमा अझ बढी अध्ययन आवश्यक रहेको छ । News Source 

सम्बन्धित खबरहरु