काठमाडौं । नेपालमा कोरोना संक्रमण लगातार बढ्दैछ । यो बीचमा पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ३७ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय २, ललितपुरमा ५० र भक्तपुरमा ९५ जना संक्रमित देखिएका हुन् । मन्त्रालयले २४ घन्टामा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएको जनाएको छ । देशभर भने ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।

अर्कोतिर नेपालमा कोरोना संक्रमितहरुको संख्या ६७ हजार ८०४ पुगेको छ । निको हुनेहरुको संख्या ४९ हजार ९५४ पुगेको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउयनेहरुको संख्या ४३६ पुगेको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या १७ हजार ४१४ पुगेको छ । गएको २४ घण्टामा नेपालभर १ हजार १७२ जना नयाँ संक्रमित थपिएका छन् । अर्को तिर आज मात्रै १ हजार ८९३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खबरहरु