काठमाडौं । थापाथलीस्थित परोपकार प्रसुती गृहमा जिवित जन्मेको शिशुलाई बाँच्न नसक्ने भन्दै ८ घण्टासम्म फोहोरमा फ्याँ'के'र उपचारमा च'रम ला'परबाही गरिएको पाइएको छ । सिन्धुली गोलन्जोर २ का उत्तम घिमिरे र श्रीमती अन्जु थापा दम्पत्ति नवजात शिशुको उपचारमा अस्पतालले यस्तो चर'म ला'परबा'ही गरेको पाइएको हो ।

 

गर्भवती अञ्जुलाई असहज भएपछि श्रीमान उत्तमले आइतबार थापाथली अस्पताल पुर्‍याएका थिए । त्यहाँ पुर्याएपछि अञ्जुलाई र'क्तस्रा'व सुरु भयो । र'क्तस्रा'व हुँदै गएपछि नर्सहरुले बच्चा जन्मन लागेको बताएका थिए । श्रीमान् उत्तमका अनुसार श्रीमती मञ्जुलाई प्रसुती कक्षमा नलगि सामान्य वार्डमै सुत्केरी गराउने औषधी दिइएको थियो । त्यसपछि सोमबार विहान २ बजे (राति) अन्जुले बच्चालाई जन्म दिएकी थिइन ।

 

 

बच्चाको तौल ६ सय ग्राम मात्र भएको र समय नपुगी (प्रि'म्या'च्योर) जन्मेकाले बच्चा न'बाँच्ने चिकित्सकले बताए । ‘डाक्टरले भनेपछि हामीले विश्वास गर्यौं,’ उत्तम भन्छन्, ‘त्यसपछि हामीलाई बच्चा हेर्न दिएनन् । कोपारामा राखेर फोहोर जम्मा गर्ने जस्तो कोठामा लगेर राखे ।’ स्वास्थ्यकर्मीले उत्तम दम्पत्तीलाई बच्चाको मृत्यु भएपछि अ'न्तिम सं'स्कार गर्न लैजानु भने ।

 

 

चिकित्सकले भनेपछि उत्तम दम्पत्तीले विश्वास नगर्ने कुरा भएन । उनीहरूले शिशुको मा'या मा'रे । बच्चा नबाँच्ने भनेपछि उत्तमलाई बच्चाको ‘मृत्यु प्रमाणपत्र’ मा सही गर्न लगाइयो । पहिलो बच्चाको यस्तो अबस्था हुँदा उत्तम दम्पत्ती हदै त'नाबमा पुग्यो । ‘हामीले कसलाई गुहार्ने भन्ने सोच्नै सकेनौ,’ उत्तम भन्छन् ।

 

शि'शुलाई फ्याँ'के'को करिव ८ घण्टापछि गएर हेर्दा बच्चा रोइरहेकोको पाएको उत्तमले बताए । उनका अनुसार बच्चाले हातखुट्टा फ्याँकेर रोइरहेको थियो, त्यसपछि बच्चा बाँच्छ क्यारे भनेर उनले नर्सलाई भने । ‘त्यतिखेर राउन्डमा अर्को डाक्टर आउनु भएको थियो । मैले उहाँलाई लगेर बच्चालाई देखाएँ । उहाँले बच्चालाई भेन्टिलेटरमा राख्दा बाँच्न सक्छ भन्नुभयो, उत्तमले भने, ‘त्यसपछि शिशु फ्याँ'कि'एको ८ घण्टामा बल्ल उसको उपचार सुरू गरियो । सास छउन्जेल आस भनेझैं शिशु बौ'रिने आ'स पलायो ।’

 

अहिले शिशु भेन्टिलेटमा हातखुट्टा फ्याँ'केर खेलिरहेको छ । उत्तमले मंगलबार दिउँसो ५ बजे नवजात शिशुलाई हेरेर केही सेकेन्डको भिडियो खिचेका छन् । त्यसमा शिशु रोइरहेको र हातखुट्टा सामान्य शिशुले जस्तै फ्याँकिरहेको देखिन्छ ।

 

समयमै उपचार पाएको भए शिशुको अबस्था अझ राम्रो हुने सहजै अनुमान गर्न सकिन्छ । ‘बच्चा जन्मिदा स्वासप्रस्वास सामान्य रहेको अबस्थामा थप उपचार सुरू गर्नुपर्ने सामान्य चिकित्सकीय आचार संहिता हो ।

 

स्वास फेर्न छाडेको शिशुको समेत स्वसप्रस्वास फर्काउन सकिन्छ कि भनेर हामी प्रयास गर्छौं,’ एक प्रसुती विज्ञले नाम नबताउने सर्तमा भनिन्, ‘स्वास फेरिरहेको शिशुलाई गा'र्बे'जमा फ्याँ'केर प्रसुती गृहका स्वास्थ्यकर्मीले च'रम ला'पर्वा'ही गरेका छन् । कानुनी र मानवीय दृष्टिले पनि यस्तो गर्नु अ–प'रा'ध हो ।’ उनका अनुसार बच्चा जन्मेपछि बालरोग विशेषज्ञ, प्रसुती विज्ञ र स्टाफ नर्ससहितले संयुक्त रूपमा निर्णय नगरी शिशुको मृ'त्यु घो'षणा गर्न नसकिने बताइन् ।

 

बच्चा कति हप्ताको भनेर हिसाव गर्न गर्भवती महिलाको अन्तिम महिनावारीबाट गणना गरेर निकालिन्छ । कहिलेकाहिँ महिनावारीको ठ्याक्कै मिति थाहा नहुँदा ग'र्भाधा'न मिति अगाडिकै पनि हुनसक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

 

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला अवधि नपुगी जन्मेको र कम तौलको भए पनि शिशुको उपचारमा ला'पर्वा'ही गर्न नहुने बताउँछन् । ‘न'बाँच्ने जस्तो चिकित्सकलाई लागे पनि शिशुलाई कस्तो ब्यवहार गर्ने भन्ने मान'वीय कुरा पनि हो,’ उनले भने, ‘यसबारेमा म मेडिकल काउन्सिलको इथिकल कमिटिमा कुरा राख्छु ।’

 

प्रसूति गृहको बच्चा विभागकी प्रमुख डा. कल्पना सुवेदीले भने यस्तो बच्चा बाँ'च्यो भने आश्चर्य हुने बताइन् ।‘ बाँ'च्ने सम्भावना अति कम हुन्छ भनेर हामीले उहाँहरुलाई जानकारी दियौं । हाम्रोमा भेन्टिलेटर खाली थिएन्,’ डा. सुवेदीले भनिन्, ‘अन्त लानुहुन्छ कि माया मा'र्नु'हु'न्छ भन्दा बाँ'च्न स'क्दैन भने ठिकै छ भनेकाले उहाँहरुलाई हस्ताक्षर गर्न लगाइएको हो ।’ Click Watch Video 

https://www.youtube.com/watch?v=mU8140T9teU

 

सम्बन्धित खबरहरु