maoist-office_20141207082532

एकीकृत नेकपा माओवादीले कांग्रेस र एमालेले पेलेर जान खोजेको भन्दै संविधानसभा भित्र र बाहिर प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा विहीबार बसेको माओवादी नेताहरुको बैठकले सहमतिको सम्भावना निकै कम भएको निष्कर्ष निकालेको छ ।

‘कांग्रेस र एमालेले बाहिर सहमति सहमति भनेपनि संविधान निर्माणमा माओवादीको भूमिका शून्य बनाउन चाहेका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले, ‘अब संघर्षको कुनै विकल्प छैन ।’ आफूहरु सहमतिका लागि लचिलो भएको तर, कांग्रेस र एमाले तयार नभएको प्रचण्डले बताए ।

अघिल्लो संविधानसभामा भएका छलफल र सहमतिको वरिपरि सहमति गरौं भनेर भन्दा समेत कांग्रेस र एमाले तयार भएनन्,’ प्रचण्डले भनेका छन् । पछिल्लो २/३ दिन प्रमुख दलहरुबीच वार्ता समेत हुन नसकेको भन्दै प्रचण्डले सत्तारुढ दलहरु बहुमतले पेलेर जान खोजेको बताए । ‘हामी आत्मसमर्पण गर्दैनौं र आफ्नो भूमिका देखाउँछौं,’ एक नेताले भने ।

सम्बन्धित खबरहरु