हेटौंडा । बारामा भारतिय नागरिकले जे गरे थाहा पाउँने सबै चकित हुनेछन् । त्यहाँ भएको कुरा के भने बारा प्रहरीले नेपाली १ हजार दरको ठुलो परिमाणमा नक्कली नोटसहित एक नेपाली र एक भारतीय युवालाई पक्राउ गरेको थियो । पक्राउपछि अनुशन्धान गर्दा दुनियाँ नै चकित हुने तथ्य फेला पर्यो । उनीहरुबाट १ हजार २ सय १६ थान नक्कली नोट फेला परेको थियो ।

 

बाराको बारागढी गापा–५, सिघासनी बस्ने वर्ष २३ का बलीराम चौधरी र उनीसँग बा. ६४ प ९७०६ नम्बर मोटरसाइकलमा रहेका भारतको बिहार मोतीहारी जिल्ला झरौखर बस्ने वर्ष २७ का सन्दीपकुमार पक्राउ परेको बारा प्रहरीले जनाएको हो ।

 

 

बाराको सिम्रौनगढ नगरपालिका वडा–९, बसबरिया नहरमा चोरीका मोबाइल खरिदबिक्री भएको सुचनाका आधारमा बुधबार विहान खटिएको प्रहरी टोलीले तत्काल चेक गर्दा चौधरी र सन्दीपकुमारलाई पक्राउ गरेको छ ।

 

उनीहरुको शरीर तलासी गर्दा सन्दीपकुमारले बोकेको पहेंलो रंगको झोलाभित्र रातो प्लाष्टिकमा लुकाइराखेको अबस्थामा नक्कली नोट भेटिएको थियो । यस सम्बन्धमा तत्काल बुझ्दा उक्त नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्नेहरुले ती नोटहरु दिएर ३० थान मोबाइल लिएर फरार भएको खुल्न आएकोछ ।

 

उक्त नोटहरु बरामद गरी उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको र बरामद नोटहरु दिएर मोबाइलसहित फरार रहेकाहरुको खोजी भइरहेको छ ।

 

 

सम्बन्धित खबरहरु