काठमाडौं । आज बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ४.३ रेक्टर स्केल परिमाणको भूकम्पले पाकिस्तानको राजधानी इस्लामाबाद हल्लाएको छ । पाकिस्तानको ४० किलोमिटर पश्चिममा आज बिहान ६ बजे आसपास भूकम्प गएको थियो ।

 

 

यो कुराको पुष्टि राष्ट्रिय भूकम्प विज्ञानको केन्द्रले गरेको छ । अर्कोतिर आज बिहान नै अफगानस्तानको राजधानीमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । समाचार अनुसार ४.२ रेक्टर स्केल परिमाणको भूकम्पले अफगानस्तानको राजधानी काबुल हल्लाएको छ ।

 

 

अफगानिस्तानको २३७ किलोमिटर दुरीमा बिहान ६ बजे आसपास नै भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञानको केन्द्रले जानकारी दिएको छ । यी दुबै भूकम्पबाट मानविय क्षति नभए पनि बिहानै मान्छेहरुको भागाभाग भने सुरु भएको थियो । केही घरहरु भने चर्किएको अन्र्तराष्ट्रि समाचार एजेन्सीहरुले देखाइरहेका छन् ।

 

 

सम्बन्धित खबरहरु