काठमाडौं । भारतको सबैभन्दा ठूलो ग्याँस कम्पनीमा भीषण आगो लागेको छ । भारतको तेल र प्राकृतिक ग्याँस कर्पोरेशन लिमिटेड (ओएनजीसी) मा अहिलेसम्मकै ठूलो आगलागी भएको हो ।

भारतको सबैभन्दा ठूलो ग्यास कम्पनीमध्यको एक ओएनजीसीमा आज बिहानै शक्तिशाली आवाजसँगै आगो लाग्न सुरु भएको स्थानीयले बताएका छन् ।

भारत, गुजरातको सूरतमा ओएनजीसी प्लान्ट भित्र ग्याँस पाइपलाइनमा अचानक धमाकासँग आगो लाग्यो । यो धमाकाको साथ जोडदार आगो लाग्यो । आगोलाई नियन्त्रणमा लिनका लागि सुरत दमकल र अन्य कम्पनीहरूको दमकलकर्मीहरुको टोलीको सहयोग लिइएको छ ।

आज बिहान ३ बजेको समयमा यो घटना भएको हो । ओएनजीसी कम्पनीले दिएको जानकारी अनुसार एकपछि अर्को गर्दै तीन वटा तिव्र गतिका आवाज आएको थियो ।

त्यो आवाज ओएनजीसी प्लान्टबाट करीव ४ किमि क्षेत्रका स्पष्ट सुन्नमा आएको बताइएको छ । आगोको कारण पूरै आकाश रातो भएको छ ।

कम्पनीले कुन कारणले गर्दा यसरी क्षति भयो यस विषयमा केही बोलेको छैन । अहिलेसम्म यस घटनामा परेर मृत्यु भएका वा घाइते भएकाहरुको कुनै रिर्पोट आइसकेको छैन । प्रहरीले घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान थालेको छ ।

सूरतका कलेक्टर डा. धवल पटेलले आगो नियन्त्रणमा आइसकेको र अहिलेसम्म कुनैपनि मानविय क्षति भए नभएको जानकारी नआएको जानकारी दिएका छन् ।

सम्बन्धित खबरहरु