चितवन । मंगलवार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण आएको वाढिले नारायणी नदीले खतराको विन्दु पारे गरेको छ । त्यहाँ निरन्तर रुपमा नदीको बहाब वढेको छ । नदीले खतराको तह पार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सतर्क रहन नदी तटीय क्षेत्रका जनतालाई आकस्मिक सूचना जारी गरेर सचेत गरेको छ ।

आज विहान सामाजिक संजालमार्फत जानकारी नदीको बहाबले खतराको तह पार गरेको भन्दै सतर्क रहन भनिएको हो । जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुल र देवघाट दुवै क्षेत्रमा सतर्कता तह पार गरेको छ ।

पुल तर्फ नारायणी नदीमा पानीको सहत ११.२५ मिटर पुगेको छ । यहाँ ११ मिटर सतह पुगेमा सतर्कता तह नाघेको मानिन्छ । यस्तै देवघाट क्षेत्रतर्फ पानीको सतह ८.०७ मिटर पुगेको छ । जबकी ७.३ मिटर सतर्कता तह र ८ मिटर खतराको तह मानिन्छ ।

सम्बन्धित खबरहरु