काठमाडौ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले २३७ जना विद्यालय नर्स करारमा नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको छ । मन्त्रालयले प्रति स्थानीय तह २ जनाका दरले ११८ वटाको २३६ जना र गोसाईकुण्ड गाँउपालिकामा १ जना गरी कुल २३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो । मन्त्रालयले योग्यता पुगेकाहरुलाई २१ दिन भित्र अनलाइनमार्फत दरखास्त दिन आव्हान गरेको छ ।

 

सम्बन्धित खबरहरु