काठमाडौ । काठमाडौं महानगरपालिका–३ स्थित शिक्षण अस्पतालको गेट अगाडि सडकको जेब्रा क्रसिङमा हाल नम्बर नखुलेको मोटरसाइकल र गाडीको ठक्करबाट पैदलयात्री बुढानिलकण्ठ नगरपालिका–६ बस्ने २६ वर्षीया अनुपा कार्कीको बुधबार दिउँसो मृत्यु भएको छ ।

 

 

 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकलको खोजी गर्नुका साथै ठक्कर दिई फरार रहेको बा.११ च ४१४१ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु