ओखलढुंगा । सिद्धिचरण नगरपालिका–१२ भँडारे सिमलडाँडा भन्ने स्थानमा करेन्ट लागेर मोलुङ गाउँपालिका–१ कुन्तादेवी घर भएका २८ वर्षीय परनेश खत्रीको बुधबार दिउँसो मृत्यु भएको छ ।

 

 

मोलुङ खोला हाईड्रो पावरको ट्रान्समिसन लाईनको सुपरभाईजरको रुपमा कार्यरत खत्रीले विद्युत सप्लाईको मर्मतको लागि जम्पर छुटाउन विजुलीको पोलमा चढेको अवस्थामा करेन्ट लाग्दा गम्भीर घाइते भएपछि सामुदायिक अस्पताल सोब्रु मिसन ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु