काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७० हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । अर्कोतिर पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४५७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ ।

मन्त्रालयकानुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ ।

सम्बन्धित खबरहरु