काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन) मा टर्कीका राष्ट्रपतिले कश्मीरको मुद्दालाई उठाएपछि भारत भड्केको छ । यो मुद्दा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले मंगलबार संयुक्त राष्ट्र महासभा (यूएनजीए) को ७५औं सत्रमा उठाएका थिए । यसका लागि संयुक्त राष्ट्र संघमा भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले ट्वीट गरेर आपत्ति जनाएका हुन् ।

 

 

उनले भनेका छन, ‘हामीले जम्मू कश्मीरको केन्द्र शासित प्रदेशको बारेमा टर्कीका राष्ट्रपतिको भनाइ देख्यौं । यो भारतको आन्तरिक मामिलामा ठूलो हस्तक्षेप हो । यस्ता चीजहरू स्वीकार्य हुँदैनन् । टर्कीले अन्य देशहरूको सार्वभौमिकताको सम्मान गर्न सिक्नुपर्दछ । तिनीहरूले आफ्नो नीतिहरुमा ध्यान दिएर हेर्नुपर्दछ ।’ एर्दोआनले मंगलबार संयुक्त राष्ट्र संघमा कश्मीरको मुद्दालाई ज्वलन्त वर्णन गरेका थिए ।

 

 

 

काश्मिरबाट धारा ३७० हटाउने निर्णयको आलोचना गर्दै उनले भने, ‘समस्या अझ गम्भीर भएको छ । दक्षिण एशियामा स्थायित्वका लागि काश्मिरको मामला एकदम महत्त्वपूर्ण छ । यसलाई संयुक्त राष्ट्र संघको संकल्प अन्तर्गत वार्ताको माध्यमबाट समाधान गर्नुपर्दछ ।’

 

 

यस वर्ष कोरोना महामारीलाई ध्यानमा राखी यूएनजीए ७५औं सत्र अनलाइन भइरहेको छ । यो १७ सेप्टेम्बरदेखि सुरू भएको छ । विश्वका नेताहरू भाषण रेकर्ड गर्दै छन् । उनीहरूको भाषण पठाउँदै छन् । गत ७४औं सत्रमा चार देशले कश्मीरको मुद्दा उठाएका थिए । युएनजीएको अन्तिम सत्रमा चार देशले कश्मीरको मुद्दा उठाएका थिए । त्यसमा पाकिस्तान, चीन, मलेशिया र टर्की समावेश रहेका छन् ।

सम्बन्धित खबरहरु