काठमाडौ । अमेरिका निवासी बरिष्ठ साहित्यकार, लेखक दिपा राई पुनको अर्को गीत सार्वजनिक भएको छ । दिपा राईको शब्द रचना रहेको मैले कोरेको चित्रमा गित नेपाल आइडल प्रताव दासको मन्त्रमुग्ध स्वरमा सजिएको छ ।

 

 

चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजले गीतको भिडियोमा अभिनय गरेका छन् । उनीहरुको फिचर्ड एकदमै जमेको छ । हरि लम्सालको संगीतमा गीतले सबैको मन छुन्छ ।

 

 

साहित्यकार दिपा राई पुनको यो गीत उहाँकै आमा विमला राईले उत्पादन गर्नुभएको छ । भिडियोलाई चर्चित निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=pPb9DUM3ttQ&feature=youtu.be&fbclid=IwAR1UbsyWK5182pTNChmsddQdnn8f3WKB75DrffRUdp5y5PntUjWGX7gX3wo

 

 

दिपा राई पुन गीतकार मात्र हैन । कविता, कथा लगायतका साहित्यमापनि उनको नाम निक्कै उचाईमा छ । यसअघि उनले भानुभक्त स्वर्ण पदक, नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सर्वोत्कृष्ट पुस्तक पुरस्कार अनेसास, अनेसास रविना फाउण्डेसन सर्वोत्कृष्ट सुम्निमा पुरस्कार २०१३/१४, प्रवासी नेपाली साहित्यिक प्रतिभा पुरस्कार २०१६ (हङकङ साहित्यिक साझा श्रृङ्खला), ज्योति साहित्य सम्मान २०७२ (ज्योति साहित्य प्रतिष्ठान), साहित्य सम्मान (लायन्स क्लब अव काठमाडौं रेन्बो सीटी), अनल ज्योति सम्मान २०७२ (अनल ज्योति बोर्डिंग स्कूल), राष्ट्रिय नारी सम्मान पत्र – २०७३ (राष्ट्र, राष्ट्रियता र नागरिकप्रति समर्पित), राष्ट्रिय नागरिक विकास समाज विशेष नागरिक सम्मान २०७५, ‘राष्ट्रिय नारी श्रष्टा सम्मान २०७५ (महिला बालबालिका तथा युवा संचेतना समाज नेपाल) लगायतका पुरस्कार र सम्मानहरु पाईसकेका छन् । उनका तीन कविताकृति तिम्रो सपनाको म, स्पन्दनका रागहरू र छुटेको वाग्दाता र गीति एल्बम – प्रतिरूप प्रकाशित प्रशारित छन् । केही निक्कै लोकप्रियपनि छन् ।

 

 

सम्बन्धित खबरहरु