काठमाडौं । इरानमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । दक्षिण इरानमा आज बेलुका ७ बजेतिर ४.७ रेक्टर स्केलको भुकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भुकम्प जमिनभन्दा १० किलोमीटर भित्रबाट आएको थियो । भुकम्पपछि मान्छेहरुको भागाभाग भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । यस भुकम्पमा परेर कुनै मानविय क्षति भने नभएको बताइएको छ ।

सम्बन्धित खबरहरु