काठमाडौ । मकवानपुर, भीमफेदी गाउँपालिका-९ डन्डु भञ्ज्याङस्थित सडकमा बिहीबार दिउँसो पहिरो खस्दा सडक अवरोध भएको छ । प्रहरी चौकी सिमभन्ज्याङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कपिलवस्तु, शिवराज नगरपालिका-१ पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा पहिरो जाँदा बुटवलबाट प्युठानतर्फ जाँदै गरेको ५ नम्बर प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लु.१ झ ४२२ नम्बरको जीप बिहीबार बिहान पुरिएर जीपमा क्षति पुगेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

रसुवा, गोसाईकुंण्ड गाउँपालिका-२ टिमुरे तातोपानी डाँडास्थित पासाङ ल्हामु सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी स्याफ्रूबेसीबाट खटिएको प्रहरीले रसुवागढी हाइड्रोपावरसंग समन्वय गरी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठान, सरूमारानी गाउँपालिका-६ मोतीपुरस्थित भालुवाङ–रोल्पा सडकखण्डमा अविरल वर्षाका कारण पहिरो आई बिहीबार बिहानदेखि सडक अवरोध भएको छ । साथै सोही गाउँपालिका-४ पाकुरीखोला, अधेरीखोला, खहरेखोलामा समेत पहिरो आई सडक अवरोध भएको छ । प्रहरी चौकी बड्डाडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कालीकोट, तिलागुफा नगरपालिका-६ सिमखेतस्थित कर्णाली राजमार्गमा बिहीबार बिहानदेखि अविरल वर्षाका कारण पहिरो आई कर्णाली राजमार्ग सडक अवरोध भएको छ । प्रहरी चौकी गाल्जेबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सम्बन्धित खबरहरु