काठमाडौं । लामो समयदेखि जारी सीमा विवादबीच नेपालले हालै भारतसँग दुईवटा रेल खरिद गर्यो । अहिले नेपाल–भारतबीचको सम्बन्ध सामान्यजस्तै देखिन्छ । यो बीचमा अहिले भारतले नेपाललाई १ अर्ब ५४ करोड नेपाली रुपैयाँ प्रदान गरेको छ ।

नेपालमा भूकम्पले क्षतिग्रस्त आवास र विद्यालय क्षेत्रको पुनः निर्माणमा सहयोग पुर्याउनका लागि भारतले यो रकम प्रदान गरेको हो । यो रकम भूकम्प पछि हिमालयन देशहरुमा भारत सरकारको पुनः निर्माण प्रतिबद्धता को एक हिस्सा को रूपमा नेपाललाई दिइएको हो भनिएको छ ।

भारतीय राजदूतावास मिसनका उपप्रमुख नामग्य खम्पाले २२ सेप्टेम्बरमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई १ अर्ब ५४ करोड नेपाली रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बिहीबार काठमाडौंमा भारतीय दूतावासले एक विज्ञप्ति जारी गरी यसको बारेमा जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस हस्तान्तरणको साथ भारतले नेपाल सरकारलाई नेपालको आवास क्षेत्रको पुनः निर्माणका लागि ७२ लाख डलर अर्थात ८ अर्ब भन्दा धेरै प्रदान गरिसकेको जानकारी दिएको छ । भारत सरकारको सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरूको पुनः निर्माणको ९२ प्रतिशत काम सकिएको छ ।’

यस अन्तर्गत, भारतले ७० स्कूल र एक पुस्तकालयको पुनः निर्माण गर्न ५० लाख डलर अर्थात ५ अर्ब भन्दा धेरै सहयोग प्रदान गरेको छ । विज्ञप्तिमा यसमध्ये ४.२ लाख डलर अर्थात झण्डै ५० करोड रुपैँया पहिलो किस्ता हालै सञ्चालित विद्यालयहरूको लागि दिइनेछ ।

भारतले नेपाललाई १५० लाख डलर अर्थात १७ अर्ब भन्दा धेरै अनुदान दिने र आवास क्षेत्रको परियोजनाका लागि एक लाइन क्रेडिट दिने वाचा गरेको थियो । विज्ञप्तिमा भारत सरकार भूकम्प पछि नेपाल सरकारलाई सहयोग गर्न प्रतिबद्ध छ भनिएको छ ।

वि.सं. २०७२ मा ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा विध्वंश निम्ताएको थियो । यसमा करीव ९ हजार मानिसहरुले ज्यान गुमाएका थिए । जानकारी अनुसार उक्त विपत्तमा परेर २०,००० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए । दशौँ लाख मानिसहरु घरबारबिहीन हुन पुगेका थिए ।

 

Ms. Namgya Khampa, Deputy Chief of Mission of Embassy of India, handed over cheques worth NPR 1.54 billion (about INR 96 crore) to Mr. Sishir Kumar Dhungana, Secretary, Ministry of Finance of Nepal

Press Release

On 22nd September, 2020, Ms. Namgya Khampa, Deputy Chief of Mission of Embassy of India, handed over cheques worth NPR 1.54 billion (about INR 96 crore) to Mr. Sishir Kumar Dhungana, Secretary, Ministry of Finance of Nepal towards housing & school sector assistance under Government of India's post-earthquake reconstruction commitment.

2. India has committed US$ 150 million in grant and Line of Credit towards housing sector projects supported by the Government of India. With this handover, India has reimbursed about USD 72 million from grant to Government of Nepal for housing sector reconstruction. Out of Government of India’s commitment to rebuild 50,000 houses in Gorkha and Nuwakot districts, 92% of the houses have been completed.

3. Similarly, Government of India has committed support for reconstruction of 70 schools and 1 library under US$ 50 million grant assistance. Out of this, the first tranche of USD 4.2 million for ongoing schools was reimbursed to Government of Nepal.

4. Government of India remains committed to continue supporting the people and Government of Nepal in their post-earthquake recovery efforts.

Kathmandu
23 September, 2020

सम्बन्धित खबरहरु