काठमाडौं । धेरैलाई उचाईसँग डर लाग्छ ? यदि तपाँईलाई पनि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा होस उड्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । झट्ट हेर्दा यस्तो लाग्छ कि ती व्यक्तिले आफूले आफैंलाई ‘स्पाइडर म्यान’ नै सोचेका छन् ।

 

 

 

 

यद्यपि, ती व्यक्तिलाई यो डरलाग्दो व्यवहारका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको नाम टेर मोन्टपार्नासे अफिस ब्लक फ्रान्कोइस मालिगरने हो । यसको उचाई करिब ६९० फिट बताइएको छ ।

 

 

ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले करिब ८ बजे पक्राउ गरेको हो । उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् ।

 

https://twitter.com/Mediavenir/status/1307008432642416643

 

सम्बन्धित खबरहरु