बीबीसी । कोरोनाभाइरस महामारी उत्कर्षमा पुगेका बेला १० लाखभन्दा बढी मानिसको बसोबास रहेको यमनको एडेन सहरमा एउटा मात्रै अस्पताल सञ्चालनमा थियो।

व्यक्तिगत सुरक्षा परिधान (पीपीई) लगायतका अत्यावश्यक सामग्रीको अभावमा अधिकांश चिकित्सक कोभिड-१९ बाट त्रसित थिए। बिरामीलाई उपचार गर्ने विषयमा डा. जोहा भने अपवाद बनिन्।

उक्त सहरमा सङ्क्रमितहरूको उपचार गर्न इच्छुक चिकित्सक उनी मात्रै थिइन्। यमनमा कोरोनाभाइरसको प्रभाव देखिएको करिब छ महिना हुँदै गर्दा त्यहाँ पुगेर पछिल्लो वस्तुस्थिति केलाउने बीबीसी पहिलो अन्तर्राष्ट्रिय प्रसारक हो।

हेर्नुहोस् एउटा भिडिओ।

सम्बन्धित खबरहरु