काठमाडौं । आरएमडीसी लघुवित्तले १६ हजार कित्ता बढी संस्थापक शेयर लिलाममा बिक्री गर्ने भएको छ । उक्त शेयर लघुवित्तका संस्थापक सदस्यले बिक्रि गर्न खोजेकोले शेयर लिलामीमा आउने भएको हो । कम्पनीका विभिन्न ३ संस्थापक सदस्यले १६ हजार ५ सय १० कित्ता शेयर बिक्रि गर्न लागेको हुन् ।

उक्त शेयरको लागि कम्पनीका हाल कायम संस्थापकलाई नै प्राथमिकता दिईने कम्पनीले जनाएको छ । कम्पनीले खरिदकर्तालाई ३५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

उक्त लिलामी शेयरमा एनआईसी एसिया क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सम्बन्धित खबरहरु