काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । उनी कोरोना मुक्त भएका छन्। भदौ २३ गते कोरोना पोजेटिभ भएका कोइरालाको बुधबार राति गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। कोइरालालाई होम आइसोलेनसमा उपचार हुँदै आए पनि थप समस्या भएपछि भदौ २३ गते ओम अस्पताल भर्ना गरिएको थियो।

उनी अन्य समस्याबाट मुक्त भएर असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए। तैपनि कोरोना कायमै थियो । अब उनी यसबाट पनि मुक्त भएका छन् ।

सम्बन्धित खबरहरु