काठमाडौं । काठमाडौको पेप्सिकोलामा सबै चकित हुने घटना भएको छ । गलत कार्य अनेक वेषमा हुन्छ भन्ने यो घटनाले पुष्टि गरेको छ । यसैले कसैले केही भन्दैछ भने त्यो तत्काल नसुन्नुहोस् । भएको के भने भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले पेप्सिकोलामा एक महिलालाई लु’टेका छन् ।

घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लु’टेका हुन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ ।

हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ । हालसम्म घटनामा संलग्न अभियुक्त पक्राउ परेका छैनन् । यस्तै अनेकौ वेषमा विभिन्न गलत कार्य भइरहेकाले सचेत रहनुहोला ।

सम्बन्धित खबरहरु