काठमाडौं । सामान्यतया एउटा भेडाको मुल्य कतिसम्म पर्न सक्छ ? धेरैमा ५० हजारदेखि १ लाखसम्म पर्न सक्छ । तर आज हामी एक त्यस्तो भेडाको बारेमा जानकारी दिन गइरहेका छौँ ।

 

उक्त भेडाको मुल्य जानकारी पाउनुभयो भने तपाँईको होस उडाउने छ । ‘डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न पुगेको छ ।

 

 

आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर अर्थात ५ करोड ७३ लाख रुपैयाँमा बिक्रि भएको छ । नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो ।

 

बेलायतमा भेडाको प्रजनन गराउनेहरु (ब्रिडर) यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।

 

डबल डायमण्ड खरिद गर्नका लागि सहकार्य गरेका तीन बिडरमध्येका एक जेफ ऐकेनले भने, ‘यो उत्साहभन्दा पनि तनावमा पार्ने किसिमको थियो । हामीलाई थाहा थियो यो निकै विशेष हुनेछ ।

 

यो निकै उत्कृष्ट जनावर हो जसको पूरा जेनेटिक्स उत्कृष्ट छ । यो भेडालाई आफ्नो पोल्टोमा पार्नका लागि ७–८ व्यक्ति अत्यन्त लालायित थिए ।’

 

लिलामी अघि ऐकेन र अर्का एक ब्रिडर मिलेर उक्त भेडा किन्न चाहन्थे तर प्रतिस्पर्धा अत्यधिक कडा भएपछि तेस्रो ब्रिडर पनि सहभागि भए । तसर्थ यी तीनजना मिलेर सबैलाई उछिन्न सफल भएका हुन् ।

 

सम्बन्धित खबरहरु