काठमाडौं । एक वकिलको ज्यान लिइएको छ । भारतको चर्चित अखबार द इन्डियन एक्सप्रेसको रिपोर्टका अनुसार भारत जम्मु–कश्मीरको श्रीनगरमा एक प्रसिद्ध वकिलको ज्यान लिइएको हो । तीन दिन अघि बाबर कादरीले आफ्नो ज्यान जोखिममा भएको घोषणा गरेका थिए । बिहीबार बाबर कादरीको ज्यान लिएका हुन् ।

उनले मानवअधिकार उल्लङ्घनका विषयमा लगातार आवाज उठाउँदै आएका थिए । श्रीनगरको हभल क्षेत्रमा कादरीलाई उनको घर नजिकै ज्यान लिइएको थियो । कादरी टिभीमा हुने बहसमा पनि देखा पर्थे र श्रीनगरका स्थानीय अखबारमा लेखहरू पनि लेख्थे । उनले कश्मीरका नेताहरूको आलोचना गर्ने गरेका थिए ।

सम्बन्धित खबरहरु