काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ७० हजार पार गरेको छ । नेपालमा गएको २४ घण्टामा थप १ हजार ३१३ नयाँ संक्रमित थप भएसँगै कुल संख्या ७० हजार ६१४ पुगेको हो । अर्कोतिर गएको २४ घण्टामा थप १ हजार ४५५ जना निको भएका छन् । यो सँगै निको हुनेहरुको संख्या ५१ हजार ८६६ पुगेको छ ।

अर्कोतिर आज थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकहरुको संख्या ४५९ पुगेको छ । नेपालले अहिलेसम्म ९ लाख ६८ हजार १८५ जनाको कोरोना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार १८ हजार २८९ जना आइसोलेसनमा रहेका छन् भने ६ हजार ४६४ जना भने क्वारेन्टाइनमा रहेका छन् ।

सम्बन्धित खबरहरु