काठमाडौं । भारतका चर्चित कलाकारको कोरोना संक्रमणका कारण ज्यान गएको छ । दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको हो ।

शुक्रबार दिउँसो चेन्नईको एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनी ७४ वर्षका थिए । अगस्ट ४ मा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अगस्ट ५ मा अस्पताल भर्ना गरिएको थियो ।

कोभिड–१९ कै कारण निमोनिया जटिल बन्दै गएपछि उनलाई अगस्ट १४ देखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा सेप्टेम्बर ४ मा गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएको थियो । सन् १९६० को दशकमा गायनमा आफ्नो करियर सुरु गरेका बालासुब्रमण्यमले १६ भाषामा करिब ४० हजार गीत गाएका छन् ।

सम्बन्धित खबरहरु