काठमाडौ । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) को सातौँ म्याचमा दिल्ली क्यापिटल्सले ४४ रनले विजयी भएको छ । चेन्‍नई सुपर किङ्स (सीएसके) लाई दिएको १ सय ७६ रनको लक्ष्य पुरा गर्न नसकेपछि दिल्ली क्यापिटल्सले ४४ रनको जित हासिल गर्यो ।

टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७६ न बनाएको थियो । उसका लागि ओपनर पृथ्वी शाहले ६४, शिखर धवनले ३५, कप्तान श्रेयस अय्यरले २६, ऋषभ पन्तले नटआउट ३७ र मार्कस स्टोइनिसले अविजित ५ रन बनाए। बलिङमा सीएसकेका पियूष चावलाले २ र साम कुरानले एक विकेट लिए।

जवाफी ब्याटिङमा फाफ डु प्लेसिसले ४३ रन, केदार जाधवले २६, कप्तान एमएस धोनीले १५, अक्सर पटेलले १, अनरिचले २ र कागिशोले ३ रन जोडेका थिए ।

सन्दीपले पाएनन् मौका

सिएसकेविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ–११ मा मौका पाउन असफल भएका छन्। दिल्ली क्यापिटल्सबाट तेस्रो पटक आइपीएल खेलिरहेका सन्दीपले जारी सिजनमा लगातार दोस्रो पटक प्लेइङ–११ मा मौका नपाएका हुन्। दिल्लीले हिजोको टिममा २ खेलाडी परिवर्तन गरेको छ।

उसले रविचन्द्रन आश्विनको स्थानमा अमित मिश्रा र मोहित शर्माको स्थानमा आवेश खानलाई मौका दिएको छ। दिल्लीको प्लेइङ–११ शिखर धवन, पृथ्वी शा, शिमरोन हेटमायर, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), मार्कस स्टोइनिस, अक्षर पटेल, अमित मिश्रा, कागिसो रबाडा, एनरिक नोर्किया र आवेश खान। सीएसकेको प्लेइङ–११ मुरली विजयी शेन वाटसन, फाफ डु प्लेसिस, रुतराज गायकवाड, साम कुरान, केदार जाधव, रवीन्द्र जडेजा, एमएस धोनी (कप्तान), दीपक चहार, पियुष चावला र जोश हेजलउड रहेका थिए ।

सम्बन्धित खबरहरु