काठमाडौ । देशको विभिन्न भागमा यो हप्ता गएका बाढी, पहिरो लगायत विपदका घटनाहरुमा नेपाली सेना जनताको रक्षक भएर खडा भएको छ । स्थानिय युनिटहरुबाट खटिएका टोलीहरुले गरेको उद्धारले ३९९ जना बचाउँन सफल भएको छ । थप तथ्यमा हेर्नुहोस् तपशिल बमोजिमका कार्यहरुबाट नागरिकको जनधनको रक्षा गरेको छ ।

१, २०७७/०६/०४ गते धादिङ्ग काठमाण्डौं तर्फ आउँदै गरेको तेलको ट्याङकर गल्छी गाउँपालिका ६ सुत्केरी डाँडामा त्रिशुली नदिमा खसेर दुर्घटना भएकोमा देवीदत्त गणले उद्दार कार्य गरेको ।

२, सुनसरी धरान उपमहानगरपालिका वडा नं.२० विष्णुपादुका आपटारमा गएको पहिरोबाट विस्थापित परिवारलाई विकास निर्माण कार्यदल गण १ तथा सैनिक आवासिय महाविद्यालयबाट खट्टिएको टोलीले अस्थायी बासस्थानको व्यवस्था गरेको ।

३, २०७७/०६/०६ गते सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.-७, गुमथाङ्ग ईलाकामा भाद्र २८ गते गएको पहिरोमा परि करिब २२ वटा घरहरुमा पूर्णरुपमा क्षति भएको र ३१ जना हराएकोमा खोज तथा उद्धार कार्यको लागी खट्टिएको टोलीले हालसम्म १६ जनाको लाश फेला परेको र हराईरहेका बाँकी १५ जनाको खोजतलास जारी राखेको ।

४, २०७७/०६/०७ गते कपिलवस्तु नारायणदल गणबाट खटिएको टोलीले विद्युत प्राधिकरण तौलिहवाको विद्युत लाईन मर्मतको लागि गएको जिपमा सवार ६ जना मध्ये ३ जनालाई उद्दार गरेको छ । सो क्रममा १ जनाको लाश फेला परेको र २ जना बेपत्ता भएकोमा खोजी कार्य जारी रहेको ।

५, बागलुङ्ग काठेखोला गाउँपालिका २ पालामा पहिरो जादा कच्चि गोठमा पुरिएका स्थानियको लाश अर्जुनवाण गणबाट उद्धारमा खटिएको टोलीले आफन्तलाई बुझाएको ।

६, मकवानपुर आश्विन ७ गते इन्द्रसरोवर गा.पा.-२, स्थित देउराली-कुलेखानी सडक खण्डको बतासेमा गएको पहिरोमा परी स्कोरपियो र मोटरसाईकल पुरिएकोमा नं.१ राजदल गण र कालीप्रसाद गणको टोलीले स्कोरपियो चालक मृत अवस्थामा फेला पारेको र मोटरसाईकलमा सवार २ जना घाईतेको उद्धार गरेको ।

७, २०७७/०६/०८ गते स्याङ्जा वालिङ न.पा.१४ तमादिमा गएको पहिरोमा पुरिएका ९ जनाको लाश निकालिएको र घाईते १ जनाको उद्धार गरेको ।

८, कालीगण्डकी -४ गौतम टोलमा पहिरोमा पुरिएका १ जनाको लाश दुर्गाभञ्जन गुल्मबाट खटिएको टोलीले फेला पारेको ।

९, पाल्पा रम्भा गा.पा २ वेलौझामा पहिरोमा घर पुरिएका ८ जना मध्ये ३ जनालाई सकुशल उद्धार गरेको र ५ जना बेपत्ता भएकोमा खोजतलास जारी रहेको ।

साथै यस वर्ष प्राकृतिक प्रकोपको दौरान नेपाली सेनाबाट भएका प्रयासहरु निम्नानुसार रहेको व्यहोरा समेत जानकारी गराइन्छ ।

  • जिवित उद्धार ३९९
  • सुरक्षित स्थानमा स्थानान्तरण ४३४
  • लाश व्यवस्थापन २३४
  • सुरक्षित स्थानमा स्थानान्तरणमा सहयोग ५८६
  • अवरुद्ध सडक सुचारु २३
  • पुल मर्मत तथा तटबन्ध निर्माण २६
  • आगलागी नियन्त्रण २
  • डुवान पिडितलाई सहयोग ७००
  • विविध सहयोग ५४

सम्बन्धित खबरहरु