काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको जारी ७५ औं महासभालाई शुक्रबार बेलुका सम्बोधन गर्नुभएको छ । महासभालाई प्रधानमन्त्रीले अभिलेखित भिडियोमार्फत सम्बोधन गर्नु भएको हो । प्रधानमन्त्री ओलीले विश्व शान्तिका लागि सबैसँग अपिल गर्नुभएको छ ।

 

‘गौतम बुद्धको भूमि, र माउन्ट एभरेष्ट भनेर चिनिने सगरमाथाको देश नेपालबाट पनि तपाईहरूलाई हार्दिक अभिवादन गर्छु ।’ भनेर सम्बोधन सुरु गर्नुभएका प्रधानमन्त्रीले धेरै विषयहरु उठाउनु भएको छ । नेपालले संयुक्त राष्ट्रसंघमा सायद पहिलोपटक इजरायल–प्यालेस्टाइन, लीबिया, सीरिया र यमनको कुरा उठाएको छ ।

 

 

प्रधानमन्त्री ओलीले इजरायल–प्यालेस्टाइन समस्यालाई युएनले मिलाउनुपर्ने उल्लेख गर्नुभएको छ । इजरायल र प्यालेष्टाइनका लागि दुई राष्ट्रको समाधानसहित उहाँको मध्यपूर्वमा शान्ति र स्थायित्व भएको हेर्न चाहेको उहाँको भनाई रहेको थियो । लीबिया, सीरिया र यमन जारी लडाँईले निर्दोष सर्वसाधारणको मृत्यु भइरहेको बताउँदै उहाँले त्यस क्षेत्रमा शान्ति कायम गर्नका लागि राष्ट्रसंघले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

 

प्रधानमन्धी ओलीको सम्बोधनको केही अशंः
संयुक्त राष्ट्र संघका महासचिवको उदघाटन वक्तव्यमा विश्वले सामना गरिरहेका वर्तमान् चुनौतीहरू तथा अगाडिको बाटो सम्बन्धमा अत्यन्त उपयुक्त ढंगले प्रकाश पारिएको छ । यमन, सिरिया र लिवियामा विग्रदो मानवीय अवस्थाबाट नेपाल अत्यन्त चिन्तित छ।

 

लामो द्ध–न्द्धले निर्दोष नागरिकमाथि गहिरो दुःख कष्ट पुर्याउँछ। सम्बन्धित देशका नागरिकको स्वामित्व र नेतृत्वमा सबै त्यस्ता द्ध–न्द्धको शान्तिपूर्ण समाधानका लागि नेपाल आव्हान गर्दछ।

 

हामी संयुक्त राष्ट्र संघबाट पारित प्रस्तावहरूका आधारमा सुरक्षित र मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमानासहित शान्ति र सुरक्षाका साथ अस्तित्वमा रहने गरी इजरायल र प्यालेष्टाइनका लागि दुई राष्ट्रको समाधानसहित मध्यपूर्वमा शान्ति र स्थायित्व भएको हेर्न चाहन्छौं।

प्रभावकारी तथा दिगो शान्ति निर्माण प्रयासहरूले समावेशी राष्ट्रिय नेतृत्व तथा स्वामित्व सुनिश्चित गर्नुपर्दछ। शान्ति स्थापनार्थ प्रहरी तथा सेना पठाउने एक प्रमुख राष्ट्र एवम् शान्ति निर्माण आयोगको सदस्यको रूपमा नेपालले सदैव विना अतिरिक्त शर्त संयुक्त राष्ट्र संघको आह्वानमा प्रहरी तथा सेना खटाउदै आएको छ।

 

संयुक्त राष्ट्र संघसँगको विगत छ दशकको साझेदारीले नेपालको अन्तर्राष्ट्रिय शान्ति र स्थिरताप्रतिको प्रतिद्धता थप सुदृढ भएको छ। संयुक्त राष्ट्र संघका स्थलगत नियोगहरु तथा मुख्यालय दुवै ठाउँका निर्णायक पदहरुमा सेना तथा प्रहरी योगदान गर्ने मुलुकहरूको अझ ठूलो सहभागिता हुनुपर्दछ भन्ने हामी ठान्दछौ।

 

 

जटिल बहुआयामिक शान्ति कार्यमा बढ्दो रूपमा खटिनु पर्दा शान्ति सेनाको सुरक्षा र सम्मान निकै महत्वपूर्ण हुन्छ। सफल शान्ति कार्यका लागि अनुमानयोग्य, प्रर्याप्त र दिगो स्रोत उत्तिकै अपरिहार्य हुन्छ। आ–तंकवा–द, संगठित अ–परा–ध, गैरकानुनी वित्तीय प्रवाह तथा मानव तथा ला–गू औ–षध ओसारपसारजस्ता अन्तरदेशीय समस्या समाधान गर्न विश्व समुदाय एक भएर उभिनु पर्दछ।

 

नेपाल आ–तंकवा–द र निर्दोष मानिसलार्इ दुःख कष्ट दिने सबै स्वरुप र प्रकारका कार्यको भर्त्सना गर्दछ। हामी छिटोभन्दा छिटो आ–तंकवा–द विरूद्धको विस्तृत महासन्धि निर्माण कार्य निष्कर्षमा पुगोस् भन्ने चाहन्छौं।

 

 

सम्बन्धित खबरहरु