काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आइतबारबाट आइपिओ निष्कासन गर्दैछ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

 

चुक्तापुँजी १ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको कम्पनील जनाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३० लाख कित्ता सेयरमध्ये १ लाख २० हजार कित्ता कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासित गर्नेछ।

 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

 

सम्बन्धित खबरहरु