काठमाडौ । डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा सयौंको संख्यामा जम्मा भएका युवाहरुले केसीको माग पुरा गर्न र उनको जीवन रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

 

 

प्रदर्शनकारीहरुले ‘हामी डा. गोविन्द केसी संगै छौं ‘, ‘सच्चा ओली सडकमा नक्कली ओली बालुवाटारमा’, ‘डाक्टर केसीको अनसन मेडिकल माफियालाई टेन्सन’ लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले डा. केसीसँग सरकारले यसअघि गरेका सम्झौताको प्रति समेत प्रदर्शन गरेका थिए।

 

डा. केसीले जुम्लाको बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औँ अनसन थालेका हुन् । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई अनशनको नवौँ दिन नेपालगञ्ज हुँदै काठामाडौँ ल्याईएको थियो।

 

सम्बन्धित खबरहरु