काठमाडौं । पछिल्लो समय विवादमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले स्पष्टिकरण दिएका छन् । उनले एक अन्तरवार्तामा नेपाल विद्युत्त प्राधिकरणका निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थन गर्नेहरुलाई पाखे भनेको भन्दै आलोचना भएपछि थापाले स्पष्ट पारेका हुन् ।

 

 

उनले भनेका छन, “मैले ‘पाखे’ भनेको भनेर एकथरी दुराशय बोकेका व्यक्तिहरूले अति गरिरहेको पाएँ । एकपाखातिरको कुरा गरेर अर्कापट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएको स्पष्ट भनेको छु । त्यसलाई तोडमरोड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूको भ्रममा नपर्न आग्रह गर्दछु ।’

 

 

 

थापाको यस बयानपछि पनि जनतामा आक्रोश भने रोकिएको छैन । एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन, ‘कुरा पाखे र एकपाखे भन्दा नि जनताबारे गरिएको टिप्पणी महत्वपूर्ण छ । जनताले भन्दैमा हुन्छ भन्नू भएको छ लोकतन्त्रमा जनताले भनेको नभए कस्ले भनेको हुन्छ त ? जनताले तिरेको करले भत्ता पचाएर जनताबारे त्यस्तो टिप्पणी गर्न तपाईंको पदिय हैसियतले दिन्छ ?’

 

https://twitter.com/poudel_sherya/status/1308712373700583429?fbclid=IwAR2ingaWN0csKhfmkk58pyMjMbOE8vLsSYScJriK0oiqDymaVV4CFmWdZAs

सम्बन्धित खबरहरु