संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले मुलुकलाई यतिबेला मुलुकलाई ऋषिमन भएको नेता चाहिएको बचाएको बताएका छन् ।
संविधानसभाको शुक्रबारको बैठकमा सम्वाद समितिको प्रतिवेदन पेश गर्दै भट्टराईले भने-‘कुखुरा जस्तौ भूईँमा आर्लिएर खोस्रने होइन, चिल जस्तो माथि उठेर निकास दिनुपर्छ ।’ उनले एकअर्काप्रति दाउपेच गरेर होइन, कसरी निकास दिन्छौं भनेर जनतालाई विश्वास दिलाउनुपर्ने बताए ।
भट्टराईले यतिबेला कित्ताबन्दी गरेर मुलुकलाई अर्को द्धन्द्धमा फर्काउनेतिर नभई जिम्मेवार ढंगले निकास दिनु पर्नेमा जोड दिएका छन् ।
यसअघिका ९ महिनामा भन्दा चार दिनमा उपलब्धीमूलक छलफल भएको भन्दै उनले धेरै विषयमा सहमति नजिक पुगेको बताए । उनका अनुसार न्याय प्रणालीमा सहमति भइसकेको छ भने निर्वाचन प्रणालीमा मिश्रतिमा सहमति भएको छ । तर, समानुपातिक र प्रत्यक्षको प्रतिशत मिल्न बाँकी छ ।
भट्टराईले संघीयतामा पनि प्रमुख दलहरु सहमति नजिक पुगेको बताए । अघिल्लो सविधानसभाको राज्य पुनःसंरचना समिति र आयोग तय गरको पहिचानका पाँच र सामथ्र्यका चार आधारका साथै एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जाति र भाषालाई प्रदेश दिन सकिन्छ भनेर दलका शीर्ष नेताहरुबीच सहमति भएको उनले संविधानसभालाई जानकारी गराए ।