भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोटस्थित हिमचुली कपास फ्याक्ट्रीमा राति आगलागी हुँदा कपास बनाउने मेसिन, तयारी कपास, पुरानो कपडा समेत जलेर करिब १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु