काठमाडौ । काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ दाउरा डिपोस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट चन्द्रिगिरी नगरपालिका-१२ बलम्बु घर भएकी ५५ वर्षीया झरनादेवी श्रेष्ठको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा संलग्न गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-११ फेदीस्थित सडकमा बा.३ ख २४७५ नम्बरको महेन्द्र निसान गाडी अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार मण्डन देउपुर नगरपालिका-११ बस्ने ५५ वर्षीय सेते बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, बिर्तामोड नगरपालिका-५ मनमोहन अस्पताल नजिक सडकमा बा।४ ख ५१०० नम्बरको माइक्रो गाडीको ठक्करबाट पैदलयात्री पाँचथर याङ्बरक गाउँपालिका-३ बस्ने ५० वर्षीय बृखध्वज काङवाङ लिम्बुको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन, भरतपुर महानगरपालिका-१२ टिकौली जंगलस्थित सडकमा ना।५ ख १३६४ नम्बरको ट्रकले ना।६४ प ८३६३ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-१४ बस्ने ३५ वर्षीय पुरेन्द्र गिरीको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु