काठमाडौ । पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ स्थित शिवमजित फर्मा प्रालिमा काम गर्ने उदयपुर गढी गाउँपालिका-६ बस्ने २० वर्षीय विक्रम तामाङ सोही गाउँपालिका-२ स्थित काँशघारीको जमेको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, तिलाठी कोइलाडी गाउँपालिका-५ बनरझुलास्थित कोशी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बैतडी, पुर्चौडी नगरपालिका-३ तोलीगाउँ बस्ने ४० वर्षीय पदम बोहरा सोही नगरपालिका-१ लामाधार भन्ने स्थानमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, दुधौली नगरपालिका-२ बलिन्टार बस्ने ६५ वर्षीय बेचु माझी सोही नगरपालिका-१ कमला नदीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-११ बस्ने ४५ वर्षीय हरि प्रसाद चौलागाई घरदेखि करिब २ सय मिटर टाढा खेतको पानीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगर बस्ने ४५ वर्षीया कल्पना कार्की सोही उपमहानगरपालिका-१५ चम्खीपुरस्थित दानव नदी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

मकवानपुर, कैलाश गाउँपालिका-५ तारुके बस्ने ३७ वर्षीय धावा स्याङतान सोही गाउँपालिका-५ स्थित कालीखोला छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१४ खुटीया खोलामा सुर्खेत लेकबेशी नगरपालिका-९ घर भएका २१ वर्षीय राजकुमार सारुमगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही हरिवन नगरपालिका-३ मोहनपुर बस्ने ८६ वर्षीय पदम बहादुर परियारको सोही ठाउँस्थित लखनदेही खोलामा डुबेर शनिबार बिहान मृत्यु भएको छ । उनी मृत फेला परेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाढीको कारण २८ लाख ५० हजार रुपैयाँ बराबरको कच्चा पदार्थ नष्ट
सुनसरी । ईटहरी उपमहानगरपालिका-१२ खनारस्थित श्री अरिहन्त आईरन एण्ड स्टिल कम्पनीमा शुक्रबार दिउँसो अविरल वर्षाको कारण बाढी पसेर २१ लाख रुपैयाँ मुल्य बराबरको १५ टन स्टिच वायर र करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको ८ टन ईलेक्ट्रोप्लेट वायर समेत गरी करिब २८ लाख ५० हजार रुपैयाँ बराबरको बराबरको कच्चा पदार्थ नष्ट भएको छ । तत्काल खटिएको प्रहरीले घटनास्थलमा आवश्यक उद्दार कार्य गरिरहेको छ ।

सम्बन्धित खबरहरु