काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियो निकै चर्चामा रहेको छ । पटक पटक विवादमा आएकी नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा पसेर देखाएको व्यवहारले सबैलाई हैरान बनाएको छ । असोज ६ गते झण्डै २ घन्टासम्म बरालले राष्ट्रिय ट्रमा सेन्टरमा बबाल गरेकी हुन् ।

स्वास्थ्यकर्मीमाथि उनले गरेको व्यवहार भिडियोमा कैद भएको छ । बराल आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीको अभियानमा आवद्ध छन् । डा. गोविन्द केसीलाई काठमाडौं ल्याएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी थिइन् । भिडियो सार्वजनिक भएपछि उनले आफु पनि एक बिरामी भएको बताउँदै आफुले अस्पतालमा पुगेर गरिएको कुनै पनि कुरा याद नभएको बताएकी छिन् ।

यो बीचमा यस घटनालाई लिएर नेपाल नर्सिङ संघले राष्ट्रिय ट्रमा सेन्टरमा नर्सिङ परिषद्ले घटनाको छानबिन गर्ने भएको छ । संघले न्याम्सकी जानकी धामीको संयोजकत्वमा न्याम्सकै राजकुमारी ज्ञवाली र पाटन अस्पतालकी दिलकुमारी थापा सदस्य रहने गरि ३ सदस्यीय छानबिन समिति बनाएको छ । थप भिडियो हेर्नुहोस्

सम्बन्धित खबरहरु