काठमाडौं । यात्रुसहितको विमान दुर्घटनाग्रस्त हुँदा ठुलो मानविय क्षति भएको छ । युक्रेनमा एउटा ठूलो विमान दुर्घटनामा परेको हो ।

रोयटर्सका अनुसार युक्रेन एयरफोर्सको २८ जना यात्रु सवार हवाईजहाज शुक्रबार साँझ दुर्घटनाग्रस्त भएको हो । दुर्घटना यति डरलाग्दो थियो कि २२ व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका क्रममा ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । बाँकी हराइरहेका छन् ।

युक्रेनी उप गृह मन्त्री एन्टोन गेराश्चेन्कोले दुर्घटनाको बारेमा जानकारी दिएका छन् । उनले भने कि धेरै जसो विद्यार्थीहरू विमानमा थिए साथै चालक दलका ७ सदस्यहरू थिए । दुर्घटनाको कारण पत्ता लगाउन प्रयास भइरहेको छ । उनले यो पनि भने कि उनी छिट्टै उक्त दुर्घटनास्थलमा पुग्दैछन् ।

सम्बन्धित खबरहरु