काठमाडौं । पैसाका लागि केही मान्छेहरु हरेक सीमा पार गर्न तयार हुन्छन् । यस्तै एक सबैलाई चकित पार्ने घटना अहिले बाहिर आएको छ । यो बीचमा आफ्नै श्रीमानले भारतमा लगेर बे’चेको घटना बाहिर आएको छ । श्रीमानसँग भारत गएकी उनलाई श्रीमानले नै बे’चेर आए पछि उनी भागेर नेपाल आएकी हुन् ।

श्रीमानले भारतमा अरु पु’रुषसँग स’म्बन्ध रा’ख्न समेत लगाएको महिलाले बताएकी छन् । धनगढीकी महिला अहिले भागेर नेपाल आएपछि घटनावारे जानकारी गराएकी छन् । छोरासँगै भारत गएकी महिललाई छोरासँगै बे’चेको महिलाले बताएकी छन् । आफु बे’चिएको उनले सोही दिन थाहा पाएको उल्लेख गरेकी छिन् ।

विवाह गरेर घरमा गएपछि उनलाई घरमा पनि परिवारका सदस्यले निकै दुःख दिने गरेका थिए । परिवारमा निकै दुख पाएकी उनलाई श्रीमानले भारतमा लिएर गएका थिए । भारतमा गएपछि उनलाई श्रीमानले रातीमा काममा जान पठाए ।

जुन घरमा काम गर्न गइन् उनले तँलाई तेरो श्रीमानले बे’चेर नेपाल फर्किसक्यो भनेर सुनाएपछि थाहा पाएको बताइन् । अहिले उनी अस्वस्थ्य छिन् । मुटुको बिरामी उनी उपचार गराउन चाहन्छिन् । तर नेपाल आएपछि उनले आफुलाई न्याय दिन कसैले सहयोग नगरेको बताइन् ।

नेपालमा भएको घर र सम्पत्ती सबै बे’चेर उनले अब म तँलाई सुख दिन्छु भारत लगेर बसौं भनेर छोरा सहित उनी श्रीमानको साथ लागेर गइन् । उनले विश्वास गरेर भारत गएपछि, यसरी बे’च्छ होला भनेर शंका पनि नलागेको बताएकी छिन् । उनी भारतमा पुगेपछि सुरुमा निकै माया देखाएका थिए ।

तर पछि तिमी रातमा अर्कैको घरमा जाउ भनेर काम गर्न जाँदा त्यो पुरुषले अब तँ मेरो श्रीमती भएर बस्नुपर्छ । तेरो श्रीमानले तँलाई साढे २ लाखमा बे’चेको हो भनेर सुनाएपछि आफु त्यहाँवाट भागेको बताइन् । उसको बच्चा स्कूलवाट लिएर आउँछु भन्ने योजना बनाएर उनी त्यहाँबाट भागेर नेपाल पुगेकी हुन् ।

सम्बन्धित खबरहरु